काठमाडाैं । सुनको भाउ आज एकैदिन १ हजार ५०० सय रुपैयाँले घटेको छ ।
सुनको भाउ १ हजार ५०० सय रुपैयाँले घटेसंगै नेपाली बजारमा आज तोलाकाे १ लाख ८७ हजार ८०० सय रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि ताेलामा १० रुपैयाँले घटेर १ हजार ९९५ रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएको छ ।



