काठमाडौं । नेपाली बजारमा आइतबारको तुलनामा सुन ताेलामा ९०० रुपैयाँले घटेकाे छ ।
आइतबार प्रतितोला १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएकाे सुन आज ताेलाकाे १ लाख ९० हजार ९०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
त्यसैगरी, चाँदीको भाउ पनी साेही दिनकाे तुलनामा ताेलामा १० रुपैयाँले घटेर १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ ।




















