नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका–७ अम्रसा जंगलस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको ज्यान गएको छ । आज बिहान भएको दुर्घटनामा अन्य १ जना गंभिर गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी मध्यविन्दु–७ चोरमारा बस्ने २४ वर्षीय नविन कुमाल र २२ वर्षीय रादिम मिधुनको घटनास्थलमै ज्यान गएको हो ।
लु ९ प ८११६ नम्बरको मोटरसाइकल अम्रसाबाट चोरमारातर्फ आउँदै गर्दा बाटोमा चिप्लिएर नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५ घर भई चोरमारा क्षेत्रमै टायल–मार्बल मिस्त्रीको रूपमा कार्यरत २८ वर्षीय मनिष घर्ती मगर गम्भीर घाइते भएका छन् ।
उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी मधुसूदन नेपालले बताए ।


