गोरखा । नेकपा माओवादी केन्द्रको भातृसंगठन योङ कम्युनिष्ट लिग (वाइसीएल ) गोरखाको तेस्रो जिल्ला अधिबेशनबाट सुशिल गुरुङ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । गाेरखा सदरमुकाममा साेमबार सम्पन्न अधिवेशनले गुरुङलाई सर्व सम्मत रुपमा अध्यक्षमा चयन गरेकाे हाे ।
अधिबेशनबाट उपाध्यक्षमा एक बहादुर गुरुङ (ठालु), सुवास तामाङ, र मीरा उपरकोटी र सचिवमा अन्जन गुरुङ निर्वाचित भएका छन् ।
त्यस्तै महासचिवमा रबिन सिंखडा, कोषाध्यक्षमा ईश्वर मूडबरी, सहसचिवमा सन्च बहादुर राना, सरोज तमाङ र गुरुङ, मोहन गुरुङ निर्वाचित भएका छन् ।
अघिबेशनको उद्घाटन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पूर्व सहइन्चार्ज हरिराज अधिकारीले गरेका थिए ।
अधिवेशनमा नेकपा माओवादी केन्द्र गोरखाका जिल्ला इन्चार्ज अमर तमु, केन्द्रीय सदस्य परशुराम रम्तेल, कमला नहर्कीलगायतको सहभागिता रहेको थियो ।


