गोरखा । अखिल नेपाल खेलकुद महासङ्घ गोरखाको अध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।
महासङ्घको हिजाे गोरखा सदरमुकाममा सम्पन्न भएको दोस्रो जिल्ला सम्मेलनले सहिद लखन गाउँपालिका-६ घैलुङ घर भएका श्रेष्ठ सर्व सम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठ बक्सिङको पूर्व राष्ट्रिय खेलाडी समेत हुनु ।
सम्मेलनले २४ सदस्य समिति गठन गरेको छ । समितिको सदस्यहरूमा नारायण खड्का, सन्तोष गुरुङ, राजु गुरुङ, रत्न आले, विपिन श्रेष्ठ, थम राना, केशर गुरुङ, आइतबहादुर गुरुङ, रामशरण थापा, सूर्यमान गुरुङ, सुजन श्रेष्ठ, अमृत श्रेष्ठ, राम अर्याल र गंगाप्रसाद दवाडी चयन भएका छन् ।
त्यस्तै अन्य सदस्यहरूमा अन्जन देवकोटा, छविलाल गुरुङ, विक्रम गुरुङ, शर्मिला गुरुङ, गौरव श्रेष्ठ, निराजन श्रेष्ठ, एकबहादुर गुरुङ, सुरेश बानिया, सुभाष तामाङ, नविन लामिछाने, रिना श्रेष्ठ र रविन थापा चयन भएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिराज अधिकारीको प्रमुख आतिथ्यताकाे भेलामा नेपाल खेलकुद महासङ्घका फ्याक्सन इन्चार्ज दीपक कोइराला, महासचिव अन्जन धमलालगायतको सहभागिता रहेको थियो ।
सम्मेलनलाई सम्बोधन गर्दै इन्चार्ज कोइरालाले खेलकुद क्षेत्रको विकासले समग्र राष्ट्रको विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले खेल क्षेत्रलाई राज्यले प्राथमिकता दिन नसकेको भन्दै खेल क्षेत्रको विकास र खेलाडीहरूका लागि राज्यले विशेष योजना लेराउनुपर्नेमा जोड दिए ।


