जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा २ साँढेकाे जुधाईकाे बीचमा पर्दा १ जना पुरुषकाे ज्यान गएकाे छ ।
ज्यान गुमाउने ब्यत्ती जनकपुरधाम उपमहानगरपालिका-७ का ५० वर्षीय सत्तार राइन भएको ज्यान गएको हो ।
सडकमा २ साँढेको लडाइँमा परेर स्कुटर दुर्घटना हुँदा राइनको ज्यान गएकाे प्रहरीले पुष्टी गरेकाे हो ।
मधेश प्र.०२–००७ प ९२६६ नम्बरको स्कुटर चढेर जनकपुरधाम ६ पेठियाबजारबाट प्रादेशिक अस्पतालतर्फ गइरहेका बेला सडकमा जुधिरहेका साँढेसँग हिजाे राति ८:३० बजेतिर ठोक्किँदा राइन गम्भीर घाइते भएका थिए ।
उनलाई तत्कालै नजिकैको जानकी हेल्थ केयरमा उपचारका लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिए छ ।


