प्रतिकात्मक तस्वीर
गाेरखा । गाेरखाकाे मनकामना मन्दिर दर्शन गरेर फर्किएका भारतिय पर्यटककाे ज्यान गएकाे छ । मन्दिर दर्शन गरेर फर्किएका भारतीय पर्यटकको चेरेशमा रहेकाे मनकामना दर्शन प्रालिकाे शौचालयमा लडेर ज्यान गएको हाे ।
चितवनको इच्छाकामना गाउँपालिका–४ मनकामना केवलकारको स्टेशनमा रहेको शौचालयमा लडेर गुजरातको पालनपुरका ६२ वर्षीय मन्नुप्रसाद भट्टको आज ज्यान गएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएकाे छ ।
प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार शौचालयमा लडेर अचेत भेटिएका भट्टलाई उपचारका लागि इच्छाकामना आधारभूत अस्पताल कुरिनटार लाैजादा चिकित्सकहरुले मृत घोषणा गरेका हुन् ।


