साङ्केतिक तस्वीर
झापा । इलाममा जङ्गली च्याउ खाएका ३ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावती भएको झापा प्रहरीले पुष्टी गरेकाे हाे ।
उनीहरुले ६ दिनअघि चिया बगानमा उम्रिएको च्याउकाे तरकारी खाएका थिए । उनीहरू एक्कासी बिरामी परेका थिए ।
मनिषा र नुमाको विराट नर्सिङ अस्पताल विराटनगर र यसअघि नै ज्यान गएको थियो । लावतीको आज बीएनसी अस्पतालमा ज्यान गएको हो ।
नेपालमा झन्डै १ हजार ३०० प्रजातिका च्याउ पाइनेमा झन्डै १०० प्रजातिका च्याउ विषालु रहेका छन् ।


