प्रतिकात्मक तस्बिर
गाेरखा । राजधानीकाे एकान्तकुना खरिबाेट क्षेत्रमा आज भएकाे दुर्घटनामा परी गाेरखाका १ जना युवककाे ज्यान गएकाे छ ।
ज्यान गुमाउनेमा गाेरखा घर भई हाल काठमाडौंकाे नैकाप बस्दै आएका ३० वर्षीय संजिब अधिकारीको भएको ललितपुर प्रहरीले पुष्टी गरेकाे हाे ।
ललितपुर प्रहरीले दिएकाे जानकारी अनुसार ललितपुर महानगरपालिका-४ एकान्तकुना खरिबोटस्थित सडकमा बा.२ ख ३४८ नम्बरको बसले बा.७९ प ६५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अधिकारी गंभिर घाईते भएका थिए ।
शनिबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको अल्का अस्पतालमा उपचारको क्रममा शनिबार दिउसो ज्यान गएको हो ।
साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अर्का १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


