गाेरखा । बिगत २ दिनदेखी भेरी नदीमा बेपत्ता पुरुषकाे शव सशस्त्र प्रहरीकाे गाेताखाेर टाेलीले निकाल्न सफल भएकाे छ ।
बैशाख ८ गते बिहिवार सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका -१० भेरी नदिमा बेपत्ता प्रेम बहादुर रानाको शब आज निकालिएकाे सशस्त्र प्रहरी बल नेपालका सह-प्रबक्ता शैलेन्द्र थापाले बताए ।
४४ बर्षिय रानाको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वेरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अमर बस्नेतको कमाण्डमा ४ जना गोताखोर र सुरक्षा बेश घुमखरेबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १३ जनाको टोली शनिबार बिहानदेखी परिचालित भएकाे थियो ।
रानाको शब शनिबार दिउँसो घटनास्थल नजिक स्थानिय र सशस्त्र प्रहरिले फेला पारेको हो ।


