बुटवल । शुक्रबार रातिकाे अबिरल वर्षाका कराण खुर्सानी खाेला सडक भत्किएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । बर्दघाट नगरपालिका-४ काे खुर्सानी खोला नजिकैको सडक भत्किएपछि सडक अवरुद्ध बनेको हो ।
बर्दघाट बजारदेखि करिब ३ किलोमिटर पश्चिम खुर्सानी खोला क्षेत्रमा रहेकाे सडक ७ मिटर भत्किएको र सडक स्तरोन्नतिको क्रममा गरिएको ढलान समेतलाई क्षती पुगेकाे छ ।
शुक्रबार राति करिब ११ बजेबाट अवरुद्ध सडक शनिबार बिहानसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।
शुक्रबार रातिदेखि नै सडक अवरुद्ध हुँदा यो सडक हुँदै सञ्चालन हुने सयाै सवारी साधनहरू रोकिएका छन् । अहिले पश्चिमबाट पूर्व जाने सवारी बर्दघाट र पूर्वबाट पश्चिम आउने सवारी दुम्किबास ज्यामिरेमा रोकेर राखिएकाे छ ।


