एजेन्सी । इन्डोनेसियाको सुमात्रा टापु नजिकै ६.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ । भूकम्पबाट १०० भन्दा धेरै घर क्षतिग्रस्त भएका छन् । अरू मानवीय हताहतीबारे अहिलेसम्म जानकारी आउन सकेको छैन ।
भूकम्प ६८ किलोमिटरको गहिराइमा बेङ्कुलु प्रान्त नजिकै अफशोरमा गएको हो ।
त्यहाँको मौसम विज्ञान विभागले सुनामीको सम्भावना नभएको जनाएको छ । भूकम्पले प्रान्तीय राजधानी बेङ्कुलु शहरमा १०० भन्दा बढी घर र कम्तीमा ६ वटा सार्वजनिक सुविधा क्षतिग्रस्त भएको राष्ट्रिय विपद् न्यूनीकरणका प्रवक्ता अब्दुल मुहारीले जानकारी दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इन्डोनेसियामा बारम्बार भूकम्प गइ रहेकाे । सन् २०१८ मा सुलावेसीमा ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीले २ हजार २०० भन्दा धेरैको ज्यान गएको थियो ।
सन् २००४ मा इन्डोनेसियाको आचे प्रान्तमा ९्.१ म्याग्निच्युडको भूकम्प जाँदा १ लाख ७० हजारभन्दा धेरैले ज्यान गुमाएका थिए ।


