काठमाडौं । फोटो पत्रकार गाेरखाकी पूर्णिमा श्रेष्ठ सर्वोच्च शिखर सगरमाथा पाँचौं पटक आरोहण गरेर काठमाडौं फर्किएकी छन् । उनी आज बिहान लुक्लाबाट काठमाडौं आइपुगेकी हुन् ।
उनले आइतबार बिहान ३:३७ बजे पाँचौं पटक सगरमाथा शिखर चुमेकी थिइन् । उनी सतोरी एड्भेञ्चर प्रालिमार्फत सगरमाथा चढेकी हुन् ।
यसअघि गत वर्ष यही सिजनमा श्रेष्ठले २ हप्ताको अन्तरालमा ३ पटक सगरमाथा आरोहण गरी रेकर्ड कायम गरेकी थिइन् ।
त्यसअघि उनले सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् ।
८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरिसकेकी श्रेष्ठले दोस्रो अग्लो माउण्ट केटु, ल्होत्से, मनासलु, अन्नपूर्ण, धौलागिरि लगायतका हिमाल आरोहण गरिसकेकी छन् ।



