साँकेतिक तस्बिर
आँबुखैरेनी । तनहुँकाे आँबुखैरेनीबाट पेस्ताेल र गाेली सहित प्रहरीले २ जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-१२ हर्कपुर बस्ने २५ वर्षीय मिलन ढकाल र चितवन माडी नगरपालिका-७ गौरी नगर बस्ने ३२ वर्षीय बिजय तिवारी रहेकाे ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएकाे छ ।
आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान, गोली १ राउण्ड र म्याग्जिन १ थान सहित २ जनालाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको हाे ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना.२८ प १५१९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त पेस्तोल र गोली फेला पारेकाे थियाे ।
मोटरसाइकल चालक तिवारी र मोटरसाइकलमा सवार ढकाललाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।



