काठमाडाैं । साताकाे छाैंठाै दिन आज शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ घटेकाे छ ।
सुनकाे भाउ तोलामा १ हजार ४०० रुपैयाँले घटेर १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको १ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा २० रुपैयाँले घटेर २ हजार ५ रुपैयाँ काराेबार भएकाे महासङ्घले जनाएको छ ।
हिजो चाँदीको भाउ तोलाको २ हजार २५ रुपैयाँ कायम भएको थियो ।




















