गोरखा । गोरखा सदरमुकामको फिनाम चोकमा हिजो भएको सवारी दुर्घटनामा परी ज्यान गुमाउने बालिकाको परिवारलाई उचित क्षतीपूर्ती दिने सहमती भएको छ ।
गोरखा नगरपालिका–४ को फिनाम चोकमा गोरखा बजारबाट आरुघाट तर्फ जादै गरेको ग. २ ख ९२९ नम्बरको बसले च्यापेर ४ बर्षिया बालिका सबिना सुर्खेतीको घटना स्थलमा नै ज्यान गएको थियो भने बालिकाकी आमा गंभिर घाईते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले जानकारी दिए ।
सोही बस चढेर घर तर्फ गएका उनीहरु फिनाम चोकमा झर्ने क्रममा अचानक बस अगाडी बढाउदा बसको पछाडीको टायरले च्यापेर बालिकाको ज्यान गएको थियो भने आमा गंभिर घाईते भएकी थिइन ।
घाईते बिनिता सुर्खेतीको हिजो नै गोरखा अस्पतालमा सामान्य उपचार पछी ललितपुरको बि एण्ड बी अस्पतालमा सघन कक्षमा राखेर उपचार भई रहेको गोरखा प्रहरीले जनाएको छ ।
घाईते सुर्खेतीको कम्मर मुनीको भागमा टायरले च्यापेको थियो ।
प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरी रहेको सूचना अधिकारी सुवेदीले बताए ।


