काठमाडाैं । साताकाे पाँचाैं दिन आज बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ ।
सुनकाे भाउ तोलामा २ हजार रुपैयाँले बढेसंगै १ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ३५ रुपैयाँले बढेर २ हजार २५ रुपैयाँ काराेबार भएकाे महासङ्घले जनाएको छ ।
हिजो चाँदीको भाउ तोलाको १ हजार ९९० रुपैयाँ कायम भएको थियो ।



