मुग्लिन । चितवनको भरतपुर महानगरपालिका-२९ गाइघाटमा २ वटा ट्रक एक आपसमा ठोक्किदा ७ जना घाइते भएका छन ।
आज बिहान ६ः५० बजेको समयमा नारायणगढबाट मुग्लिनतर्फ आउदै गरेको बागमती प्रदेश ०१-००६ ख ६२८७ नम्वरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ जादै गरेको ना ६ ख ९८९७ नम्वरको ट्रक एक आपसमा ठक्कर खाँदा ७ जना घाइते भएकाे चितवन प्रहरीले जनाएकाे छ ।
दुवै ट्रकमा क्षति पुगेको छ । घाइते सबैको भरतपुरका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


