×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गोरखामा ७० करोड लगानीमा नयाँ पोल्ट्री फार्म खुल्दै

  •  गोरखा समाचार
  • बिहिबार, जेठ ०८, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाईल तस्बिर

    गोरखा । ७० करोड लगानीमा गोरखामा नयाँ पोल्ट्री फार्म खुल्ने भएको छ । अभिनाश ग्रुपका संस्थापक गुणचन्द्र विष्टले ७० करोड रुपैयाँ लगानीमा गोरखामा नयाँ अत्याधुनिक पोल्ट्री फार्म सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

    ग्रुपअन्तर्गतको अविनाश आर्बर एक्र नेपाल आन प्रालिले गोरखा नगरपालिकाको वीरेनचोकमा पोल्ट्री फार्म सञ्चालनमा ल्याउन लागेको जनाएको छ ।

    निर्माणाधीन पोल्ट्री फार्म २०० रोपनी क्षेत्रफलमा फैलिएको छ । फार्म भित्र ६ अत्याधुनिक पोल्ट्री हाउस निर्माण गरिने ब्यवसायी विष्टले बताए ।

    फार्ममा स्वचालित प्रविधिबाट कुखुरालाई दाना खुवाउने, अन्डा पार्ने र प्रकाशसहितको सुविधा हुनेछ ।

    गएको वैशाखसम्म समग्र परियोजनाको प्रगति ५६ प्रतिशत पुगेको अभिनाश ग्रुपले जनाएको छ । पोल्ट्री फार्म सन् २०२६ (आउँदो पुसभित्र)को सुरुमा निर्माण सकाएर सञ्चालनमा ल्याउने तयारी छ ।

    यसको कुल अनुमानित लागत ६९ करोड ९० लाख रुपैयाँ छ । २८ प्रतिशत स्वपुँजी (इक्विटी) र ७२ प्रतिशत बैंकको ऋण हुने गरी लगानी संरचना बनाइएको छ ।

    कुखुरापालन व्यवसायमा समय–समयमा बर्ड फ्लु, एच फाइभ एनवान इन्फ्लुएन्जा भाइरसजस्ता प्रकोपले उद्योग जोखिममा पर्दै आएको छ ।

    नेपाल कुखुराको मासुमा आत्मनिर्भर हुनुका साथै माग बढ्दो छ । बढ्दो सहरीकरण, जीवनशैलीमा परिवर्तन र स्वास्थ्य चेतनामा वृद्धिका कारण प्रशोधित र स्वच्छ रूपमा उत्पादित कुखुराको मासुको खपत निरन्तर बढिरहेको उद्योगले जनाएको छ ।

    बेल्जियममा निर्मित पिटरसाइन सिग्नल स्टेज इन्क्यूबेटर प्रयोग गरेर पूर्वी नवलपरासीमा ह्याचिङ सञ्चालन गरिने उद्योगले जनाएको छ ।

    फार्ममा अन्डा ग्रेडिङ र सर्टिङ पोइन्ट प्रणाली हुनेछ । कुखुरापालन व्यवसायलाई थप विस्तार गर्न विष्टले सन् २०२० मा आन स्थापना गरेका हुन् ।

    उद्योगमा विष्टको ७० प्रतिशत हिस्सा छ । उद्योग सञ्चालकमा टीकाराम पोखरेल र कपिलबाबु खनाल छन् ।

    आनले ७२ करोड २५ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । ०४६ सालमा अविनाश ह्याचरीको स्थापना गरेका विष्टले पछिल्लो समय एलपीजी, ऊर्जा र व्यापारमा लगानी विस्तार गरिरहेका छन् ।

    विष्टद्वारा सञ्चालित अभिनाश मुलुककै पहिलो नम्बरको पोल्ट्री फार्म बनेको छ । अविनाश समूहअन्तर्गत अविनाश ह्याचरी, अविनाश फार्म र गौरीशंकर एग्रो इन्डस्ट्रिज सञ्चालनमा छन् ।

    गौरीशंकर एग्रो इन्ड्रस्ट्रिजले सबै किसिमको जनावरका निम्ति दाना उत्पादन गर्दै आएको छ ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, जेठ ०८, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.