गाेरखा । कामाठाडौं महानगरपालिका–१६ सोह्रखुट्टे स्थित सिग्मा कलेजको खाजा घरमा आज बिहान आगलागि भएकाे छ । उक्त आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दा र दमकलको सहायताले नियन्त्रणमा लिएकाे सशस्त्र प्रहरी बल नेपालका सह-प्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
खाजा घरमा ग्याँस लिग भई आगलागि हुँदा करीव ३ लाख रुपैयाँ बराबरको क्षती भएको प्रारम्भिक अनुमान गरीएकाे छ ।
आगलागीकाे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ बाघभैरव गुल्म काठमाडौबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अशोक कुमार न्यौपाने र कमाठमाडौ महानगरपालिका वारुणयन्त्र कार्यालय न्यू रोडबाट सशस्त्र प्रहरी नायव निरीक्षक धन बहादुर सुवेदीको कमाण्डमा खटिएको सुरक्षा फौज आगलागि नियन्त्रणमा लिएकाे थियो ।
आगलागि बिहान करीव ८ बजे पूर्ण रुपमा नियन्त्रणमा लिईएको सह-प्रबक्ता थापाले बताए ।
तस्बिर : सशस्त्र प्रहरी बल नेपाल




















