काठमाडाैं । साताकाे चाैंथाे दिन आज बुधबार नेपाली बजारमा सुनको भाउ एकैदिन तोलामा ५ हजार रुपैयाँले बढेको छ ।
सुनकाे भाउ तोलामा ५ हजार रुपैयाँले बढेसंगै १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ५० रुपैयाँले बढेर १ हजार ९९० रुपैयाँमा काराेबार भएकाे महासङ्घले जनाएको छ ।
हिजो चाँदीको भाउ तोलाको १ हजार ९४० रुपैयाँ कायम भएको थियो ।




















