फाईल तस्बिर
काठमाडाैं । काठमाडाैं भित्रिने सडकको मुख्य नाका नागढुङ्गा–नौबिसे सडकखण्ड अबदेखी दिउँसो साढे ४ घण्टा बन्द गरिने भएको छ ।
काठमाडाैं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म सडक खण्ड बन्द गरेर काम गर्न लागिएको हाे ।
यसअघि यो खण्ड रातमा बन्द गरेर काम हुँदै आएको थियो । आयोजनाले नागढुङ्गा–पिपलामोड सडक निर्माणका लागि सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा काम गर्न अनुमति दिइएको हो ।
नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले सूचना निकालेर काठमाडाैंबाट छुट्ने गाडी नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडाैंतर्फ आउनेलाई खानीखोलामा रोकिने उल्लेख गरेको छ ।
सडकमा काम हुने समयमा धार्के–सितापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।




















