गोरखा । चोरको धर्म चोरी गर्नुमा नै छ । चाहे त्यो धनी होस वा गरिब । चोरले चोर्न पाए कसैको बाँकी राख्दैन भन्ने कुरा हालै गोरखा प्रहरीले पक्राउ गरेको मोटर साईकल चोरको कहानीबाट प्रष्ट हुन्छ ।
चोर–पुलिसको कहानी त हामीले सानैमा पनी सुनी सक्यौ । चोरले चोरी गरेबापत चोरलाई प्रहरीले समात्छ । त्यो कुरा चोरलाई पनी थाहा छ । तर चोरले प्रहरीकै सामान चोरी गर्यो भने चाही के होला त ?
घटना १ बर्ष अगाडीको हो । तर गोरखा प्रहरीले शुक्रबार मात्रै चोरी भएको २ वटा मोटरसाईकल सहित चोर समातिएपछी भने अनौठो रहस्य पत्ता लागेको छ ।
सशस्त्र प्रहरी बल नेपालमा काम गर्ने प्रहरी हवल्दारकै मोटरसाईकल चोरले चोरी गरेको छ । त्यो पनि सशस्त्र प्रहरीको ईन्टेलिजेन्टको ।
घटना :
साविक श्यामपार्टी गाउँ बिकास समिति–३ काभ्रे अहिले नमोबुद्व नगरपालिका–१ को श्यामपार्टीका देवराज कडेंल । २०८० साल चैत्र २९ गते तनहुँको आँबुखैरेनीमा रहेका आफ्ना दिदी भिनाजुको घरमा मोटरसाईलक सहित आउछन् ।
मौसम प्रतिकुल भएका कारण पानी ठुलै पर्छ । हतार हतार घरको कम्पाउण्डमा मोटरसाईकल पार्किङ्ग गर्छन ।
दिदी भिनाजुको घरमा प्रवेश गर्नुपूर्व नै कडेंलले भिनाजुलाई मोटरसाईकल चोरी होला भित्र राख्ने कि ? भिनाजुले जवाफ दिन्छ – आजसम्म सिन्को हराएको छैन, के मोटरसाईकल हराउनु ।
त्यती भनेपछी दिदी भिनाजुको घर प्रवेश गरेको कडेंलको सोही राती बा ९७ प १२८२ नम्बरको रातो कालो रंगको २२० सिसीको पल्सर मोटरसाईकल चोरी हुन्छ ।
अचम्मत के भने भिनाजुले सिन्को हराएको थाहा पाएको छैन भनेको १२ घण्टा पनी बित्न नपाउदै सिंगो मोटरसाईकल नै गायब हुन्छ ।
आफु प्रहरी भएकै कारण नजिकै रहेको ईलाका प्रहरी कार्यालयमा आफ्नो मोटरसाईकल हराएको कुरा लिएर चौकी पुगेका उनी प्रहरी निरिक्षक रहेका कमला नरारलले आजसम्म खैरेनी बजारमा यस्तो कुरा नसुनिएको बताउछन् ।
समय धर्कदै गयो । खोजीमा उनी मात्र होइन उनका आफन्त समेत लागे तर गन्ध समेत पाउन सकेनन् । तर गोरखा प्रहरीले सोही मोटर साईकल २०८२ साल जेठ २ गते अजिरकोट गाउँपालिका–४ को माउसुलेबाट बरामद गरेको छ ।
मोटरसाईकल सहित गोरखा, बारपाक सुलिकोट गाउँपालिका–४ घर भई हाल अजिरकोट गाउँपालिका–४ माउसुले बस्ने बर्ष १८ का संजिव तामाङ्गलाई पक्राउ गरेको छ । तामाङ्ग संग नम्बर नखुलेको अर्को १५० सिसीको पल्सर मोटरसाईकल समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले जानकारी दिएका छन् ।
नम्बर परिवर्तन गरेर चलाएका थिए मोसा
चोरी भएको मोटरसाईलक बा ९७ प १२८२ नम्बरको रातो कालो रंगको २२० सिसीको पल्सर मोटरसाईकल हो । तर त्यही मोटरसाईकललाई तामाङ्गले बा ६४ प ५६६६ नम्बरको बनाएका थिए ।
ईन्जिन नम्बर DKYCJC49838 र च्यासिस नम्बर MD2A13EY6JCG50017 भने सबै मिलेको छ । त्यसैले तामाङ्गले चोरी गरेर चलाउदै आएको उक्त मोटरसाईकल सशस्त्र प्रहरी बल नेपालको कान्तिपथ, जमलमा कार्यरत भएका कडेंलको भएको पुष्टी हुन आएको छ ।
सवारी धनीले गाेरखा समाचारलाई उपलब्ध गराएकाे यातायाता कार्यालयकाे सवारी सम्वन्धी असली कागज





















