गाेरखा । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ स्थित कालिगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता बालको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकाल्न सफल भएकाे छ । रघुगंगा गाउँपालिका–३ बस्ने १५ वर्षिय निरज मल्लकाे शव सशस्त्र प्रहरीले निकालेकाे हाे ।
पौडी खेल्ने क्रममा जेठ ३ गते नदिमा डुवेर बेपत्ता भएका मल्लकाे शव सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले आज दिउसो १२:३० बजे करीव १५ फिट गरिहाईबाट निकालेको सशसत्र प्रहरी बल नेपालका सह-प्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनको खोजीकार्यको लागि नं. २४ कालिका गण कास्किबाट सोमबार बिहान ४ जना गोताखोर र ५ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित १९ जनाको टोली परिचालन भएको थियो ।


