गाेरखा । हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा सुक्खा पहिरो गई जोखिमा रहेका १८ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
तिलगाउँको उत्तरपट्टिबाट सुक्खा पहिरो आई सोही ठाउँमा बसोवास गर्ने स्थानीय वासिन्दाहरुको घरमा क्षती पुर्याएपछी सबै घर परिवारलाइ सुरक्षित स्थानमा स्थानान्तरण गरिएकाे सशस्त्र प्रहरी बल नेपालका सह-प्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिल्साको सुरक्षा फौजले आवश्यक विपद् उद्वार सामाग्री तथा बन्दोवस्तीका सामानसहित उक्त स्थानमा परिचालित भएर काम गरिरहेको पनी उनले जानकारी दिए ।
पहिरो के कति कारण आएको हो भन्न बारे जानकारी हुन नसके पनि सो पहिरोसँगै पानिको लेदो समेत रहेकोले तिलगाउँ भन्दा माथि हिमाताल फुटेर बाढी आएकाे आशंका गरिएको छ ।
आशंका गरिएको स्थानमा हिमताल रहेको वा नरहेको भन्नेबारे सशस्त्र प्रहरीले अवलोकन गरिरहेकाे उनले बताए । पहिरोबाट कुनै पनी मानवीय तथा पशुचौपायामा क्षती नभएकाे पनी उनले जानकारी दिए ।



