काठमाडाैं । साताकाे दाेस्राे दिन साेमबार आज नेपाली बजारमा सुनको भाउ बढेकाे छ ।
सुनकाे भाउ ताेलामा ६०० रुपैयाँले बढेर १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको १ लाख ८४ हजार २०० रुपैयाँ रहेकाे थियो ।
त्यस्तै आज चाँदीको भाउ भने घटबढ भएकाे छैन । चाँदीको गएकाे आइतबारकै तुलनामा ताेलाकाे १ हजार ९४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।



