साँकेतिक तस्बिर
गोरखा । गोरखाको जुग्दी खोलामा डुबेर १ जना पुरुषको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा सुनसरी घर भई हाल गोरखाको शहिदलखन गाउँपालिका–४ ताक्लुङ्ग बस्दै आएका ३५ बर्षका सुमन मगर भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
हिजो आइतबार काम गरेर गर्मी भयोभन्दै खोलामा नुहाउन गएका उनी दिउसो ४ बजे शहिदलखन गाउँपालिका–७ बुंकोटको जुग्दी खोलामा ढुबेका थिए ।
लगत्तै स्थानिय र प्रहरीले उनको शव खोलाबाट निकालेका थिए । मगरको शव हिजै गोरखा अस्पतालको शव गृहमा राखिएको छ ।
मृत्तक मगरको आफन्त आज सम्पर्कमा आए लगत्तै पोष्टमार्टम गरेर कानूनी प्रकृया पुरा गरी शव हस्तान्तरण गरीने पनी सूचना अधिकारी सुवेदीले जानकारी दिए ।


