काठमाडाैं । साताकाे पहिलाे दिन आइतबार आज नेपाली बजारमा सुनको भाउ घटेको छ ।
सुनकाे भाउ ताेलामा ६०० रुपैयाँले घटेर १ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको १ लाख ८४ हजार ८०० रुपैयाँ रहेकाे थियो ।
त्यस्तै आज चाँदीको भाउ भने घटबढ भएकाे छैन । चाँदीको गएकाे शुक्रबारकै भाउ ताेलाकाे १ हजार ९४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।



