गोरखा । गोरखा सदरमुकामको केही स्थानमा आज र भोली बिद्युत अबरुद्व हुने भएको छ । ११ केभिको बिद्युत प्रशारण लाईन मर्मतको लागी भन्दै सदरमुकामको दलभञ्ज्याङ, लक्ष्मी बजार र टक्सार क्षेत्रको बिद्युत लाईनमा समस्या आउने गोरखा बिद्युत प्राधिकरण, गोरखा बितरण केन्द्रले जनाएको हो ।
केन्द्रले सूचना नै जारी गदै ‘बितरण केन्द्र अन्रर्गत ११ केभि बुंङ्गकोट फिडरमा लाईन मर्मत तथा सुधार कार्य गर्नुपर्न भएकोले मिति २०८२÷०२÷०४ र २०८२÷०२÷०५ गतेका दिन बिहान १०ः०० बजेदेखी साँझ ५ः०० बजेसम्म’ बिद्युत सेवा अवरुद्व हुने जनाएको छ ।
आज र भोली सदरमुकामको दलभञ्ज्याङ, लक्ष्मी बजार र टक्सार क्षेत्रको बिद्युत लाईनमा समस्या आउनेभन्दै ‘यसबाट ग्राहक बर्गहरुमा पर्न जाने असुविधा प्रति बिद्युत प्राधिकरण गोरखा वितरण केन्द्र क्षमाप्रार्थी छ’ भनेको छ ।
सूचनामा नै सूचनमा उल्लेख गरेको समय अगावै कार्य सम्पन्न भएमा तत्काल बिद्युत सप्लाई सूचारु गरिने तथा मौसम प्रतिकुल भई कार्य गर्न सम्भव नभएमा बिद्युत सेवा अबरुद्व नहुने समेत भनेको छ ।



