गोरखा । गोरखा दरौंदी यातायात प्रालिको अध्यक्षमा दिपक बोहरा चयन भएका छन् । हिजो शनिबार भएको निर्वाचनमा बोहरा निर्वाचित भएका हुन् ।
बोहराले उनका प्रतिद्वन्दी नारायण खत्री र अन्जन खत्रीलाई पराजित गरेर निर्वाचित भएको हो । बोहराले ९३ मत पाउदा उनका प्रतिद्वन्दी द्वव खत्रीले ७९ र खत्रीले ७६ मत पाएका थिए ।
गोरखा नगरपालिका–८ को ठिगुरेश्वारामा रहेको यातायातको कार्यालयमा हिजो साँझ पख भएको निर्वाचनले सञ्चालक समितिको सदस्यहरुमा अर्जुनप्रसाद भट्ट, गणेशबहादुर बानियाँ, रबिन्द्र खत्री, बिनोद पोखरेल, नवराज थापा र राजु श्रेष्ठ निर्वाचित भएको प्रालिले जनाएको छ ।
त्यसका साथै सदस्यहरुमा नारायणबावु दानी, उज्वलराज मल्ल र सबिन घले समेत निर्वाचित भएका छन् ।
निर्वाचनमा २५४ मत खसेकोमा ६ मत बदर भएको गोरखा दरौंदी यातायात प्रालिले जानकारी दिएको छ ।




















