गोरखा । चेम्बर अफ कमर्स गोरखाले सल्लाहकार र प्रेस सल्लाहकार चयन गरेको छ ।
चेम्बरको हिजो बसेको पहिलो बैठकले सल्लाहकारमा पवनरमण खनाल र प्रेस सल्लाहकारमा कैलासबावु श्रेष्ठ (सुशिल)लाई चयन गरेको अध्यक्ष रामस्वरुप श्रेष्ठले जानकाकारी दिए ।
उनका अनुसार शनिबार चेम्बरको कार्यालयमा भएको पहिलो बैठकले खनाल र श्रेष्ठलाई सल्लाहकारमा राख्ने निर्णय भएको हो ।
हालै भएको चेम्बरको अधिवेशनले नयाँ कार्य समिति चयन गरे लगत्तै समितिलाई पुर्णता प्रदान गरीएको र सल्लाहकार चयन गरिएको महासविच अशोक राना मगरले बताए ।
चेम्बरलाई जिल्लामा अब्बल बनाउनको लागी अझै केही बिज्ञहरुलाई चयन गर्न बाँकी रहेको भन्दै आगामी दिनमा केही सल्लाहकारहरुको चयन गरीने अध्यक्ष श्रेष्ठले बताए ।


