फाईल तस्बिर
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र हाजिरी जमानीमा रिहा भएका छन् ।
गएको चैत १५ मा तीनकुनेको हिंसात्मक आन्दोलनमा संलग्न भएको आरोपमा पक्राउ गरेर प्रहरीले मिश्रमाथि सङ्गठित अपराध, राज्य द्रोह र आपराधिक उपद्रवका ३ कसूरमा अनुसन्धान गरेको थियो ।
८ पटक म्याद थप्दा पनि हिरासत लम्ब्याउने सरकारी प्रयास भएको भन्दै मिश्रले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
हिजो सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले मिश्रलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएकाे थियो ।
सर्वोच्चको आदेशसँगै मिश्र हाजिरी जमानीमा हिजै रिहा भएका हुन् ।



