गोरखा । भवितब्य ज्यान मुद्वामा कैद र जरिवाना भएका गोरखाका १ जना ब्यत्ती २१ बर्ष पछी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा साविका फुजेल गाउँ बिकास समिति–५ हाल गण्डकी गाउँपालिका–३ का ५३ बर्षिय नारायण प्रसाद पन्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका पन्तलाई पुनरावेदन अदालत पोखराले २०६१ साल पुष २६ गतेको आदेशानुसार भवितब्य ज्यान मुद्वा १ बर्ष कैद र ५०० रुपैयाँ जरिबाना गरे लगत्तै फरार भएका थिए ।
फरार पन्तलाई ०८२ साल जेठ १ गते चितवनमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी ल्याई जेठ २ गते गोरखा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशानुसार पन्तलाई कैद मुक्तानकोलागी गोरखा कारागार चलान गरिएको सूचना अधिकारी सुवेदीले जानकारी दिए ।


