साङ्केतिक तस्वीर
काठमाडाैं । राजधानीको बानेश्वरमा कारको ठक्करबाट १ जना बालकको ज्यान गएको छ ।
काठमाडाैं महानगरपालिका–३१ बानेश्वर क्षेत्रको कात्यायनी चोकमा बा प्र ०१–०३१ च ९५६३ नम्बरको कारले ठक्कर दिदा ३ वर्षीय बालक शिवांश झाको ज्यान गएको हाे ।
भारतको सीतामढी घर भएका मृतक बालक परिवारसँग काठमाडांमा बस्दै आएका थिए ।
कारले ठक्कर दिँदा गम्भीर घाइते भएका बाललको सिनामङ्गलमा रहेको केएमसी अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाडाैंका एसपी अपीलराज बोहराले बताए ।
प्रहरीले कारकाे चालक रमेशकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।




















