काठमाडौं । आज बिहानैदेखी लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाईएकाे छ । नेपाल आयल निगमका अनुसार आजदेखी लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो ।
जस अनुसार पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको छ । पेट्रोलको मूल्य अब काठमाडौं, दिपायल र पोखरामा १५४ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङ क्षेत्रमा १५६ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १५७ रुपैयाँ मूल्य कायम भएको छ ।
डिजेलको मूल्य काठमाडौं, दिपायल र पोखरामा १३९ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङ क्षेत्रमा १४१ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १४२ रुपैयाँ मूल्य कायम भएको छ ।


