प्रतिकात्मक तस्बिर
गोरखा । गोरखामा आज पौडी खेल्ने क्रममा १ जना बालकले ज्यान गुमाएका छन् ।
ज्यान गुमाउने बालक बारपाक सुलकोट गाउँपालिका–४ का १५ बर्षिय सिजल गुरुङ भएको भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार अजिरकोट गाउँपालिका–५ को दरौदी नदी माथि बनेको कालिका हाइड्रो पावरको चेक ड्याममा पौडी खेल्ने क्रममा उनको डुबेर ज्यान गएको हो ।
गर्मी भयो भनेर दिउसो १२ः३० बजेको समयमा पौडी खेल्न ड्याममा हामफालेका उनी तत्कालै बेपत्ता भएका थिए ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।




















