गोरखा । गोरखामा आज पौडी खेल्ने क्रममा १ जना बालकले ज्यान गुमाएका छन् ।
ज्यान गुमाउने बालक बारपाक सुलकोटको भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले जानकारी दिए ।
घटना स्थलमा प्रहरीको टोली भर्खर पुगेकाले पूर्ण विवरण आउन बाँकी रहेको उनले बताए ।
घटना बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिकाको सिमानामा रहेको कालिका हाड्रो पावरको चेक ड्याममा भएको पुष्टी भएको छ ।




















