साँकेतिक तस्बिर
गोरखा । सरकारी कागज कीर्ते गरेर नक्कली कागजात बनाउने गाेरखाका ज्ञ जना युवती सहित प्रहरील ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला गोरखा भिमसेनथापा गाउँपालिका-१ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका-२ बस्ने ४६ वर्षिय अन्जनी बयलकोटी सहित ३ ना रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी काजी प्रसाद आचार्यले जानकारी दिए ।
उनी संगै ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका-७ घर भई हाल काठमाडौंको बुढा निलकण्ठ नगरपालिका-१२ बस्ने २८ वर्षिय निर्मल खड्का र मकवानपुरको कैलाश गाउँपालिका-२ छ्याङ्दुङ् घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका-१ दहचोक बस्ने २३ वर्षीया अन्जु खत्री रहेकी छन् ।
काठमाडौंको तारकेश्वर नगरपालिका-७ फुटुङ्बाट उनीहरुलाई पक्राउ गरीएकाे हाे । उनीहरुले विभिन्न कागजात कीर्ते गरी बनाइएका नक्कली कागजात तथा उक्त कार्यसँग सम्बन्धित सामाग्री सहित उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।
पक्राउ परेका अन्जनी बयलकोटीले विगत ८ वर्ष देखि सरकारी तथा गैर सरकारी कार्यालयका कागजात, विभिन्न स्थानिय तहको सिफारिस पत्र, विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्रहरु, जग्गाधनी पुर्जा, सवारी चालक अनुमति पत्र, लगायतका कागजातह कीर्ते गरी नक्कली बनाई प्रयोग तथा प्रचलनमा ल्याउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
काठमाडौं तारकेश्वर नगरपालिका-७ फुटुङमा कोठा भाडामा लिई नक्कली कागजात सम्पादन र डिजाइनन गर्न लागि २ जना सहयोगीलाई मासिक १० देखि १५ हजारसम्म तलब दिई कार्यालय सञ्चालन गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए ।
उनीहरुको साथबाट बैंकिङ लगायतका विभिन्न कागजातहरु समेत प्रहरीले बरामद गरेको छ ।




















