काठमाडाैं । काठमाडाैं महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको २ वटा घरमा आगलागी हुँदा १ जना बृद्धाले ज्यान गुमाएकी छिन् ।
आगलागीमा परी काभ्रेपलाञ्चोककी ८० वर्षीया विष्णु अधिकारीको ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाडाैंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।
आज बिहान ग्याँस चुहिएर दयाराम श्रेष्ठको ४ तले माटो र काठले बनेको कच्ची घरमा लागेको आगो नजिक रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा समेत फैलिएको थियो । झन्डै ३ घण्टासम्म लागेको आगो दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले निभाएको थियाे ।




















