डोटी । सेती नदिमा आज नुहाउने क्रममा बालक बेपत्ताको छ । बेपत्ता बालककाे खाेजीकालागी विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी बलको सुरक्षा फौज परिचालन भएको सशस्त्र प्रहरी बल नेपालका सह-प्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
बेपत्ता ब्यत्ती दिपायल सिलगढी नगरपालिका–१ सिरखोली बस्ने १० वर्षिय अमित बि.क. भएकाे पुष्टी भएकाे छ । बालक पौडी खेल्ने क्रममा बैशाख ३० गते मंगलबार दिउँसो करीव पौने २ बजे नदिमा डुवेर बेपत्ता भएका थिए ।
लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. ३६ गण डोटीबाट सशस्त्र प्रहरी निरीक्षक दिपकराज भट्टको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज घटनास्थल पुगी उनको खोजीकार्य शुरु गरेको सह-प्रबक्ता थापाले बताए ।


