साङ्केतिक तस्वीर
गुल्मी । खोलामा माछा मार्ने क्रममा १ जना पुरुषकाे ज्यान गएकाे छ । ज्यान गुमाउनेमा गुल्मीको छत्रकोट गाउँपालिका–२ दाँइछाप बुटिलगाँउका ४५ वर्षीय ज्ञानबहादुर राकस भएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीले पुष्टी गरेकाे हाे ।
राकसकाे शव आज बिहान रेग्दी छहरामा रहेको बडिगाढ खोलाको किनारमा फेला परेको प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुले बताए ।
हिजो बेलुका घरबाट माछा मार्न भनी खोलामा निस्किएका उनी राति अबेरसम्म घरमा नफर्केपछि परिवारले खाेजी गरेकाे थियो । खाेजीका क्रममा उनकाे मृत्त शरिर फेला परेकाे हाे ।
हिजो बेलुका त्यस क्षेत्रमा हावाहुरीसहित ठूलो पानी परेको थियो ।


