साँकेतिक तस्बिर
गोरखा । गोरखा सदरमुकाममा आज १ जना युवती मृत्त फेला परेकी छिन् । मृत्तक युवती बारपाक सुलिकोट गाउँपालिका–३ स्वाँराका १८ बर्षिया अनिता गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले जानकारी दिए ।
गोरखा नगरपालिका–७ को धारापानी काँडाधारी बस्दै आएकी अनिता आज बिहान डेरा गरेर बस्दै आएको घरमा सलको पासोले झुण्डीएको अवस्थामा फेला परेको सुवेदीले बताए ।
गोरखा नगरपालिका–८ को सरस्वती माध्यामिक बिद्यालयको कक्षा १२ मा अध्ययरत उनी बिहान परिक्षा दिन साथीले बोलाएपछी नउठेको भन्दै घर धनीले उठाउन जादाँ झुण्डीएको अवस्थामा फेला परेकी थिइन ।
तत्कालै प्रहरीलाई खबर गरेर प्रहरीले उनको आफन्तलाई जानकारी दिएको पनी सूचना अधिकारी सुवेदीले बताए ।
कोठा भित्रको चुकुल लगाएको अवस्थामा सलको पाँसाले झुण्डीएकी युवतीको आफन्त आए लगत्तै कानूनी प्रकृया पुरा गरी उनको शव गोरखा अस्पतालको शव गृहमा राखिएको छ ।
युवतीको पोष्टमार्टम सकेर शव आफन्तको जिम्मा लगाईने गोरखा प्रहरीले जनाएको छ । युवतीको मृत्यु बारे प्रहरीले गहन अनुसन्धान सुरु गरेको पनी सूचना अधिकारी सुवेदीले जानकारी दिए ।
मृत्तक युवती सानी आमा संग बस्दै आएकी थिइन ।


