गाेरखा । बैशाख २९ गते साेमबार काभ्रे जिल्लाको पनौती नगरपालिका–५ स्थित ढलमल खोलामा बेपत्ता भएका महिलाको खोजीकार्यको लागि विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी बलको टोली खटिएको छ ।
वर्षा पछीको ढलमल खोलामा आएको बाढीमा परेर सोही ठाउँ बस्ने ३५ वर्षिय रेनुका गिरीलाई बेपत्ता भएकि थिइन् । उनलाई खेतबारीबाट काम गरी घर फर्कने क्रममा बैशाख २९ गते साँझ खोलाले बगाएको थियो ।
लगत्तै सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा बेश पनौतीबाट सशस्त्र प्रहरी निरीक्षक भिमसेन के.सी.को कमाण्डमा खटिएको सुरक्षा फौजले खोजतलास गर्दा फेला नपरेपछि उनको खोजीकार्यको लागि बैशाख ३० गते बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण काभ्रेबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विश्वनाथ जि.सी.को कमाण्डमा विपद् व्यवस्थापनसहितको टोली परिचालन भएको सशस्त्र प्रहरी बल नेपालका सह-प्रबक्ता शैलेन्द्र थापाले बताए ।



