काठमाडाैं । साताकाे तेस्राे दिन मंगलबार नेपाली बजारमा आज सुनको भाउ ताेलामा २ हजार रुपैयाँले घटेको छ ।
सुनकाे भाउ घटेसंगै ताेलाकाे १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको १ लाख ८६ हजार ८०० रुपैयाँ रहेकाे थियो ।
त्यस्तै आज चाँदीको भाउ भने बढेछ । चाँदीको भाउ १० रुपैयाँले बढेर ताेलाकाे १ हजार ९७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।



