चाेरमारा । पूर्व–पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको चोरमारा पुल भाचिदा नारायणगढ बुटवल सडक खण्ड अवरुद्ध भएको छ ।
मध्यविन्दु नगरपालिका–७ चोरमारा बजारको पश्चिम तर्फ रहेको गिरुबारी पुलको पूर्व तर्फको बायाँ भाग भाचिदा अहिले पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो ।
लोड गाडि पुलबाट पास हुने क्रममा पुल लच्किएर डेढ फिट तल झरेको प्रहरीले जनाएको छ । पुल भाचिएपछि पूर्व–पश्चिम हिडेका सवारी साधन चोरमारा र अरुणखोलामा रोकिएको प्रहरीले जनाएको छ ।
बिरेन्द्रनगरबाट महेन्द्रनगर तर्फ जादै गरेको बा.प्र.०३–००१ ख २१३१ नं.को बस बिग्रेको (पट्टा भाँचिएको) कारण दिउसो राजमार्ग एकतर्फि भएको थियो ।
म.प्र.०३–००१ क ३१६३ नं.को (१८ चक्के टेलर) किलिङ्गर (कच्चा पदार्थ) बोकी होङ्सी सिमेन्ट कम्पनीबाट बिरगंज तर्फ जादै गरेको टेलर लगायत अन्य सवारी साधनहरु होल्ड हुँदा सवारी साधनहरुको लोडको कारण गिरुवारी खोलाको पुलको विच भाग दबिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी प्रमुख यादव ढकालले बताए ।
उनका अनुसार अहिले वैकल्पिक बाटो निर्माणको लागि पहल भैरहेको छ । ४ महिना अघि लोड सवारी साधनका कारण पूर्व पश्चिम राजमार्ग अन्र्तगत दुम्किबारमा सोहि प्रकृतिको विनयी पुल भाँचिएको थियो ।



