साँकेतिक तस्बिर
काठमाडौं । आज राजधानीको सुन्धारामा क्षेत्रमा २ वटा मोटरसाइकल एक आपसमा ठोकिदा तनहुँ, आँबुखैरेनीका १ जना युवककाे ज्यान गएकाे छ ।
काठमाडौं महानगरपालिका–२२ सुन्धारास्थित काठमाडौं मल अगाडि बा.३४ प ४३२० नम्बर र रा. ७ प ८७९५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर तनहुँको आँबुखैरेनी नगरपालिका–५ घर भएका ४६ वर्षीय सन्तोष कुमार गुरुङको ज्यान गएकाे हाे ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले दिएकाे जानकारी अनुसार गुरुङले चलाएकाे माेटरसाइकल र अर्काे १ माेटरसाइकल एक आपसमा ठाेकिएकाे थियाे ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका गुरुङकाे उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा ज्यान गएकाे थियो ।
दुर्घटनामा परेर सोही मोटरसाइकलमा सवार अर्का १ जना पनि गम्भीर घाइते भएका छन् । उनको ट्रमा सेन्टरमै उपचार भइरहेको छ ।
अर्को मोटरसाइकलमा सवार चालकको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।


