काठमाडाैं । साताकाे दाेस्राे दिन नेपाली बजारमा आज सुनको भाउ एकैदिन ३ हजार ७०० रुपैयाँले घटेको छ ।
सुनकाे भाउ घटेसंगै ताेलाकाे १ लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको १ लाख ९० हजार ५०० रुपैयाँ रहेकाे थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १० रुपैयाँले घटेर ताेलाकाे १ हजार ९६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।



