गोरखा । गोरखा सदरमुकाममा एकै पटक १०० जना बिद्यार्थीहरुलाई पुस्ता हस्तान्तरण सम्वन्धी प्रशिक्षण प्रदान गरिएको छ ।
जेष्ठ नागरिक संघ गोरखाले सदरमुकामको एक स्कुलमा अध्ययनरत् बिद्यार्थीहरुलाई उक्त प्रशिक्षण प्रदान गरेको हो ।
गोरखा नगरपालिका–८ को आहालेमा रहेको सरस्वती माध्यामिक बिद्यालयको कक्षा १० र ११ मा अध्ययनरत छात्र र छात्रालाई एकै पटक प्रशिक्षण प्रदान गरिएको जेष्ठ नागरिक संघका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष मोहन लाल श्रेष्ठले जानकारी दिए ।
गोरखा नगरपालिकाको आर्थिक सहयोगमा प्रदान गरिएको प्रशिक्षणमा बिद्यार्थीहरुलाई मोहन लाल श्रेष्ठ र तुलसा मरहट्टाले सहजिकरण गरेका थिए ।
सरस्वती माध्यामिक बिद्यालयको कक्षा कोठामा गरीएको कार्यक्रममा गोरखा नगरपालिका–८ का ३–३ जना जेष्ठ नागरिक महिला र पुरुषलाई समेत सम्मान गरिएको थियो ।
सम्मान गरिएका उनीहरुलाई संघले दोसल्लाह, प्रणमा–पत्र र नगद १ हजार प्रदान गरेका थिए । सम्मानित हुने सबैलाई कायक्रमका प्रमुख अतिथी एवं गाेरखा नगरपालिकाका प्रमुख कृण्ण बहादुर राना मगरले सम्मान गरेका थिए ।
के हो पुस्ता हस्तान्तरण भनेको ?
पुस्ता : बाबु, बाजे, बराजु, आदि र छोरो, नाति, पनाति आदिको पूर्वापर क्रम, वंश परम्परा, पिँढीलाई पुस्ता भनिन्छ ।
हस्तान्तरण : हस्तान्तरणको अर्थ कुनै बस्तु अरुका हातमा दिने काम, हातेसारी वा आफ्नो जिम्मामा रहेको बस्तु कसेको जिम्मा लगाउने काम वा बेचबिखन वा सम्पत्तिको हक एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सारिने कानुनी कार्य, दाखिलखारिजलाई हस्तान्तरण भनिएको छ ।


