काठमाडौं । साताकाे पहिलाे दिन आज आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । गएकाे साताकाे शुक्रबारकाे तुलनामा तोलामा ३०० रुपैयाँले घटेको हाे ।
सुनकाे भाउ घटेसंगै ताेलाकाे १ लाख ९० हजार ५०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गएकाे शुक्रबार सुन प्रतितोला १ लाख ९० हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियो ।
त्यस्तै आज चाँदीको भाउ भने बढेकाे छ । गएकाे शुक्रबार तोलामा १ हजार ९६० रुपैयाँमा काराेबार भएकाे चाँदी ताेलामा १० रुपैयाँले बढेर १ हजार ९७० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएको छ ।



