गोरखा । नेपाल ओमन चेकबर अफ कमर्स, गोरखाको नयाँ कार्य समिति चयन भएको छ । नयाँ कार्य समितिको अध्यक्षमा पूर्ण कुमारी प्रधान शाही (सबिता) निर्विरोध चयन भएकी छिन् ।
हिजो शनिबार गोरखा सदरमुकाममा भएको एक भेलाले शाहीलाई सर्व सम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
नयाँ कार्य समितिको उपाध्यक्षमा सूर्य मायाँ श्रेष्ठ, सविचमा शर्मिला वाग्ले, सह–सचिवमा गोमा पोखरेल श्रेष्ठ, कोषाध्यक्षमा सानु मायाँ श्रेष्ठ र सह–कोषाध्यक्षमा सिता देवी श्रेष्ठ समेत सर्व सम्मत रुपमा चयन भएका छन् ।
त्यस्तैगरी, सदस्यहरुमा देवी श्रेष्ठ, सबिता भट्ट, बिमला खड्का, नैना थापा सिं क्षेत्री, विवा अच्छामी रोका, मुना श्रेष्ठ शाही र सानु श्रेष्ठ समेत सर्व सम्मत रुपमा चयन भएका छन् ।
२ बर्ष कार्यवधी रहने समितिले ब्यवसायीक महिलाहरुको हत हितको लागी बहस, पैरबी र अवसरको खोजीको लागी समन्यकारी भूमिका खेल्ने नव निर्वाचित अध्यक्ष शाहीले बताईन ।


